
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले पब्लिक प्रपर्टी भएको भन्दै अडिटमा बेरुजु निस्कने छुट नभएको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रिएकाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको समापन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पब्लिक अडिटमा एमालेलाई असफल हुने छुट नभएको बताएका हुन् ।
‘एमाले राष्ट्रिय शक्ति छँदैछ यसलाई अझै सदुपयोग गर्दै बलियो शक्ति निर्माणमा लाग्नुपर्छ । मिसन ०८४ मा एमालेको प्रष्ट लाइन बहुमत हो । यसैले राष्ट्रिय शक्ति बनाउनुपर्छ । यसको लागि हामी जवाफदेही हुनुपर्छ', पोखरेलले भने, ‘हाम्रो बारेमा पब्लिक अडिट हुन्छ भन्ने हामीले बुझ्न जरुरी छ । पब्लिक अडिनम बेरुजु देखियौं भन्ने हामी उपयोगी हुन सक्दनौं । यसैले पब्लिकले अडिटमा बेरुजु निस्कने एमालेलाई छैन । हरेक नेता र कार्यकर्ताले यस्तो सोच्छ जरुरी छ । यस्तो भएमात्रै हामी निर्णायक बन्न सक्छौं ।’
एमाले बलियो भए मात्रै राष्ट्रिय शक्ति बलियो हुने उनले बताए ।
‘एमाले बलियो भए मात्रै राष्ट्रिय शक्ति बलियो हुन्छ । यसैले एमालेलाई बलियो बनाउन, विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व एमालेले खोजको छ,’ पोखरेलले भने, ‘विचारमा लिरीबिरी भए एमाले कमजोर हुन्छ । जनतामा एमाले लोकप्रिय भएन भने हामी कमजोर हुन्छौं । बलियो हुन नेतृत्वले पनि आचार सुधार गर्नुपर्छ ।’