२७ जेठ २०८३, बुधबार

सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल चलिरहेको छ : बाबुराम भट्टराई

बैशाख ९, २०८१
बुटवल
सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल चलिरहेको छ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

ठूलो त्याग र बलिदानले ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई बचाउने प्रयास नगर्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको उनको भनाइ थियो ।

आइतवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा डा भट्टराईले राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था गम्भीर बनेको बताए ।

'देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएका छन्, वर्तमान सरकारले ध्यान दिएको छैन', उनले भने, 'सरकारले उठाएका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गो लाग्न सकेको छैन । सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलिरहेको छ ।'

राजनीतिक देश लुट्ने अस्त्र बनेको उनले बताए ।​

चुनावलाई महंगो बनाउने र नागरिकले दिएको भोटको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्खालो पर्ने उनको दाबी थियो ।

देशमा नयाँ शक्तिहरूको उपयुक्तता नहुने ठोकुवा गर्दै उनले अब विकासका लागि विभिन्न दिशामुखी दलभन्दा देशलाई नेपालमुखी दल चाहिएका उनको भनाइ छ ।

उनले आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्