१४ असार २०८३, आइतबार

कञ्चनरुपमा आगलागी, २४ घर नष्ट

बैशाख ९, २०८१
सप्तरी
कञ्चनरुपमा आगलागी, २४ घर नष्ट

सप्तरीको कञ्चनरुप नगरपालिका–५  पडेमराको सरदार टोलमा आज भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ । 

स्थानीय लालमोहन सरदारको गाईगोठमा बालेको आगोबाट  आगलागी सुरु भएको  थियो । आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

आगलागीमा परी आशा सरदारको दई वटा, लालबहादुर सरदारको दुई वटा, बिजुली सरदारको तीन वटा, बुटु सरदारको दुई वटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परवारको २४ वटा घर जलेको छ  ।

उक्त आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित रु २५ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए । 

    वैशाख महिना अत्याधिक हावाहुरीका कारण आगलागीको घटनामा वृद्धि भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्