बैशाख ८, २०८१
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो । चालु आर्थिक वर्षको नौ महिना अवधिमा रु ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र रु एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात दुई दशमलव ८४, निर्यात तीन दशमलव ६६, व्यापार घाटा दुई दशमलव ७५ र समग्र वैदेशिक व्यापार दुई दशमलव ९२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सुरुआती नौ महिना अवधिमा मुलुकले कूल रु १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख बराबर व्यापार घाटा ब्यहोरेको थियो ।
नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा रु छ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा ब्यहोरेको छ । भारतबाट रु सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख बराबरको वस्तु आयात हुँदा रु ७७ अर्ब ८५ करोड ५२ लाख बराबरको निर्यात भएको छ ।
त्यस्तै, अर्को छिमेकी मुलुक चीनसँग रु दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख बराबरको आयात गर्दा रु दुई अर्ब ११ करोड ४४ लाख बराबरको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा रु दुई खर्ब १४ अर्ब ६५ करोड बराबर छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी घाटा देखिएको मुलुकमा संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो स्थानमा छ । युएईबाट रु २० अर्ब ४८ करोड सात लाख बराबरको आयात हुँदा रु एक अर्ब ९५ करोड ७९ लाख बराबरको मात्रै निर्यात भएको छ । युएईसँगको व्यापारघाटा रु १८ अर्ब ५२ करोड २७ लाख बराबर छ । त्यसैगरी, नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन् । यी मुलुकसँगको व्यापारघाटा क्रमश रु १४ अर्ब ९० करोड, १४ अर्ब १६ करोड र नौ अर्ब पाँच करोड रहेको छ ।
नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग देखिएको छ । डेनमार्कमा नेपालले रु २८ करोड ७७ लाख ७१ हजार बराबरको आयात र रु ६७ करोड ८३ लाख ७५ हजार बराबरको निर्यात गर्दा रु ३९ करोड छ लाख तीन हजार बराबर व्यापार नाफा कमाएको छ । त्यस्तै, अफगानस्तानसँग रु १८ करोड नौ लाख, नर्वेसँग रु १० करोड ८४ लाख र सुडानसँग रु तीन करोड ४३ लाख व्यापार नाफा देखिएको छ ।
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...