१२ साउन २०८३, मंगलबार

मदन भण्डारीको स्मृति दिवसमा हाफ् म्याराथन प्रतियोगिता हुने

बैशाख १०, २०८१
बुटवल
मदन भण्डारीको स्मृति दिवसमा हाफ् म्याराथन प्रतियोगिता हुने

जननेता मदन भण्डारीको ३१औं स्मृति दिवसका अवसरमा बुटवलमा म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आउँदो जेठ ३ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो । सबैका लागि खेलकुद भन्ने नाराका साथ ऐकेडेमीले दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको हो । 

प्रतियोगिताको पुरस्कार राशि १ लाख रुपैयाँको छ । एकेडेमीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी म्याराथन, रोड रेस, र वाल्कथन प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । 

ऐकेडेमीका अध्यक्ष ध्रुव आचार्यले हाफ् म्याराथन २१ किलोमिटर दौड हुने जानकारी दिए । प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए । त्यस्तै १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ । ६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाल्कथन प्रतियोगिता पनि सँगसँगै राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए । 

खुला रेसको द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैठौं १० हजार रहेको छ । त्यस्तैगरी १० किलोमिटर दौडको प्रथम ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौं १० हजार र पाँचौ र छैठौंको क्रमस ७ र ५ हजार रहेको छ । 

छात्र छात्रा दौडको विजेताले प्रथम पुरस्कार छात्रतर्फ क्रमश: २० हजार, १५ हजार, १२ हजार,  १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । भने, छात्रातर्फ १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार २ हजार प्राप्त गर्नेछन् । 

प्रतियोगिताको तयारी तीब्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । एकेडेमीले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई दुई वर्ष पुग्ने औषधिका लागि रकम पनि सोही अवसरमा प्रदान गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्