१२ साउन २०८३, मंगलबार

मदन भण्डारी सम्झेर पटक-पटक भक्कानिइन् विद्या

बैशाख १०, २०८१
काठमाडौं
मदन भण्डारी सम्झेर पटक-पटक भक्कानिइन् विद्या
फाइल तस्वीर

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनको प्रसंग सम्झेर पूर्वराष्ट्रपति विद्या भण्डारी भावुक भएकी छिन् ।

नेकपा स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले गरेको ‘गणतन्त्र गौरव’सम्मान ग्रहण गरेपछिको सम्बोधनमा भण्डारी पटक-पटक भक्कानिएकी थिइन् ।

‘सर्वविदितै छ एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो’, यति भन्दा भन्दै भण्डारी भावुक बनिन् । त्यसपछि उनले पानी पिइन् र एकछिन सम्बोधन रोकिन् ।

लिखित सम्बोधनमा फेरि मदनको नाम आउँदा उनी पुन: भावुक बनिन् ।

‘नेकपा एमालेको प्रेरणा र प्रोत्साहन एवं कार्यकर्ताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुने परिस्थिति निर्माण भएको हो’, यति भन्दै गर्दा भण्डारी फेरि भक्कानिइन् ।

त्यसपछि भण्डारीले फेरि पानी पिइन् ।

भण्डारीले सम्बोधन गर्दा कार्यकर्ताले ताली बजाएका थिए । त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्