
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)को कार्यक्रममा पुगेर मदन भण्डारीलाई मार्नेको पहिचान किन गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर एमालेले साेमवार मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मदन भण्डारीको मृत्युका विषयमा कांग्रेसलाई गाली गरेको भन्दै आक्रोशसमेत व्यक्ति गरे ।
‘मलाई मदन भण्डारीको विषयमा बोल्न मन थियो । एमालेले कांग्रेसलाई र मलाई गाली गर्ने गर्न थाल्यो । मदन भण्डारी मरेको विषयमा एमालेले किन भन्न सक्दैन । आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गर्ने ?,’ उनले एमालेलाई प्रश्न गरे, ‘अहिलेसम्म पत्ता लागेको छैन । मदन भण्डारी हाम्रो नेता हो । तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कारण रहस्स्यमय छन् । दुईपटक राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री बनिसक्नुभयो । खोइ पत्ता लागेको हो ?’
आक्रोशित देउवा कार्यक्रममा कसैलाई सम्बोधन नगरी सिधै विषयवस्तुमा प्रवेश गरेका थिए ।