×

NMB BANK
NIC ASIA

नेकपा एमालेको हीरक महोत्सव

अघिल्लोपटक हौसिँदा एकता दुर्घटनामा पर्‍यो यसपटक सचेत छौं : प्रचण्ड

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लोपटक हौसिएर कम्युनिस्टबीचको एकता दुर्घटनामा परेको भन्दै यसपटक सम्हालिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

Muktinath Bank

नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै ‘आजको दिनमा दलबीच सहमति र समझदारीको नयाँ यात्रा गर्ने दिन बनोस् भन्ने कामना गर्छु । सबै दललाई यसको निम्ति अपिल पनि गर्छु ।​ कम्युनिस्टहरू सहमतिको बाटोमा हिँड्दा देशभर, उल्लास, उत्साह, उमङ्‍गको स्थिति बनेको थियो । दुई तिहाइ बहुमतको नजिक पुग्यौं । विभाजित हुँदा तीतो अनुभव भयो । यसको राम्रो हेक्का हामीलाई छ', प्रचण्डले भने, ‘अहिले हतारिएर कम्युनिस्ट एकताको पक्षमा छैनौं । हामी त्यो बेला अलि हौसिएछौं । समयभन्दा अगाडि नै अलि छिटो दौडिएछौं कि भन्ने भएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक राम्रो शुरूवात भएको भन्दै उनले विस्तारै सहकार्य र सहमतिको आधार तयार गर्नुपर्ने पनि बताए ।


Advertisment
Nabil box
Kumari

‘राम्रो सहकार्य शुरू गरेका छौं र राम्रो सहकार्य गरौं । जनतालाई सेवा दिऊँ । यसले नै दलबीच सहमति र एकताको आधार तय हुन्छ', उनले भने, ‘ समझदारी गर्दै जाऊँ भन्ने नै अहिलेलाई उचित हो कि भन्ने लाग्छ ।’

Vianet communication

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अझै राम्रो संकल्प गर्नुपर्ने उनले बताए । 

‘राम्रा कामको समीक्षा गरौं । अझै जनताको पक्षमा उभिने संकल्प गरौं । दलका नेताहरूले पनि आजका दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै प्रतिवद्धताको कार्यान्वयनको लागि संकल्प गर्ने दिन हो', उनले भने, ‘हाम्रो समझदारीको स्तर तल झर्दा ठूलो पार्टी कमजोर भएका छौं । समझदारी सहमति र एकताको बाटोमा अगाडि बढ्दा ठूला सफलता हासिल गरेका छौं । सहमति नहुँदा ठूला पार्टी पनि साना भएका छौं । सहमति हुँदा साना पार्टी पनि ठूला भएका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x