०१ असार २०८३, सोमबार

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै के- के भने प्रचण्डले ?

कात्तिक २०, २०७४
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै के- के भने प्रचण्डले ?
काठमाडौँ, २८ असोज- शनिबार दिउँसोनै माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांसदहरुलाई बधाई र धन्यवाद व्यक्त गर्नुभयो ।Prachand-and-Maoist
संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संविधान सभाबाट संविधान बनाउने नेपाली जनताको सात दशकको सपना हो, त्यो सपना तपाईहरुले पुरा गर्नुभएको छ । अर्कोपटक हामी सांसद होउँला, नहोउँला । तर, तपाईहरुले नेपालमा युगान्तकारी परिवर्तन संस्थागत गरेकोमा इतिहासमा नाम लेखाई सक्नुभएको छ । म तपाईहरु सबैलाई हार्दिक बधाई दिन चाहन्छु, उज्जवल राजनीतिक भविष्यको शुभकामना भन्न चाहन्छु ।’

संसदीय दलको बैठकमा दलका उपनेता टोपबहादुर रायमाझी, प्रमूख सचेतक रेखा शर्मा लगायतले ४ वर्ष कार्यकालमा सभासद् र सांसदका रुपमा माओवादी केन्द्रका सांसदहरुले खेलेको भूमिकाका लागि धन्यवाद दिनुभएको थियो ।
सो अवसरमा माओवादी केन्द्रका सांसदहरुले अध्यक्ष प्रचण्डसँग सामूहिक तस्वीर खिचाउनु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्