१७ असार २०८३, बुधबार

सेयर बजारमा पुनः गिरावट, १५.४१ अंकले घट्यो नेप्से

बैशाख १०, २०८१
काठमाडौं
सेयर बजारमा पुनः गिरावट, १५.४१ अंकले घट्यो नेप्से

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ । 

साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ । आइतवार २ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१३ उपसमूहमा म्युचुअल फण्डबाहेकका सबै घट्दा नेप्से परिसूचकसँगै कारोबारममा गिरावट देखिएको हो । सर्वाधिक फाइनान्स उपसमूह २.१० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन र विकास बैंक उपसमूह पनि उल्लेख्य घटेका छन् । 

कारोबारमा आएका ३२० कम्पनीमध्ये १८६ वटाको सेयरमूल्य घटेको छ । ४९ वटाको मात्रै बढेको छ भने १० वटाको मूल्य स्थिर छ ।

सेयरमूल्य बढ्ने कम्पनीमा पिपुल्स पावर  लिमिटेड अगाडि छ । उक्त कम्पनीका लगानीकर्तालाई ६.९१ प्रतिशतले मूल्य बढ्दा फाइदा भएको छ । सोमवार सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको भएको छ । 

यस्तै जोशी हाइड्रोपावरको १० करोड १० लाख, सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख, सोनापुर मिनरल्सको ४ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

सेयरसमूल्य घटेर धेरै नोक्सानीमा पर्नेमा दोल्ती पावर कम्पनीका लगानीकर्ता छन् । उक्त कम्पनीको सेयर ७.३७ प्रतिशतले घटेको छ । एनआईसी एसिया लघुवित्त, हिमालयन लघुवित्त, मोलुङ हाइड्रोपावर, सृजनशील लघुवित्तलगायत सेयरमूल्य घटेका कम्पनीको सूचीमा छन् ।      
 

salt training

कमेन्ट गर्नुहोस्