२८ जेठ २०८३, बिहीबार

क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

बैशाख १०, २०८१
काठमाडौं
क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले द बाबु एडभेञ्चर इन्टरनेशनल स्कुललाई सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । क्यानले सो कम्पनीलाई महाकुलुङ–५ मा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म परीक्षण उडानका लागि अनुमति प्रदान गरेको जनाएको छ ।

क्यानका अनुसार कम्पनीले सो क्षेत्रमा बिहान ८ बजेदेखि अपराह्न्न ४ बजेसम्म प्याराग्लाइडिङको परीक्षण उडान गर्न पाउनेछ । तर त्यसका लागि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयको सम्पर्कमा रही उडान सञ्चालन गर्नुपर्नेछ । साथै हवाई उडान हुने समयमा भने परीक्षण गर्न पाइने छैन ।

    “स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा रही सुरक्षाको पूर्ण प्रत्याभूति भएपश्चात मात्र सर्तको अधिनमा रही प्याराग्लाइडिङ प्ररीक्षण पटके उडान अनुमति प्रदान गरिएको छ”, क्यानले दिएको अनुमति पत्रमा भनिएको छ । महाकुलुङ गाउँपालिकाले आजै उक्त कम्पनीलाई आजदेखि सुरु याक तथा चौरी व्यवसायी सङ्घ नेपालद्वारा आयोजित चौरी महोत्सवको अवसरमा प्याराग्लाइडिङको परीक्षण उडानका अनुमति दिएको छ ।

    कम्पनीका प्रबन्धक नविनबाबु गुरुङले पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजी गर्ने क्रममा सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान गर्न लागिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्