१२ असार २०८३, शुक्रबार

समानुपातिक उम्मेदवारको सूची आज बुझाइँदै

कात्तिक २०, २०७४
समानुपातिक उम्मेदवारको सूची आज बुझाइँदै
काठमाडौँ, २९ असोज - आउँदो मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची बुझाउनु पर्नेछ । बन्द सूचीमा राजनीतिक दलहरू ५० प्रतिशत महिला समावेश गर्नुपर्ने प्रावधान छ ।Samanupatik-Suchi-final
निर्वाचन आयोगले बन्दसूची बुझाउनका लागि सबै तयारी पूरा भएको जनाएको छ । संविधानसभाबाट जारी नेपालको संविधानअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक यस्तो उम्मेदवारी दर्ता हुन लागेको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरूको बन्दसूची बुझाउने कार्यतालिका रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्