०५ साउन २०८३, मंगलबार

बैतडीमा पासोमा परेको चितुवाको उद्धार

बैशाख ११, २०८१
बैतडी
बैतडीमा पासोमा परेको चितुवाको उद्धार

बैतडीमा पासोमा परेको चितुवाको आज उद्धार गरिएको छ ।

सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो । 

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवका अनुसार  राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो ।

पशु चिकित्सकले उपचार गरेपछि चितुवालाई सिगास संरक्षित वनमा छाडिएको उनले बताए । चितुवाको खुट्टामा सामान्य चोट रहेकाले उपचारपछि सिगास संरक्षित वनमा छाडिएको हो । 

स्थानीयले थापेको पासोमा परेको अन्दाजी दुई वर्षको चितुवालाई स्थानीयले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबरपछि उद्धार गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्