
सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका ३ तातोपानी बस्ने २६ वर्षीय विशाल खत्रीको मंगलवार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बराहताल गाउँपालिका ८ दम्मारेस्थित विद्युत्को तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।