
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ ।
मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाका नेक्सन म्याक्स साट्न सकिने कम्पनीले जनाएको छ ।
परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रूचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको हो ।
मेला यही वैशाख १४ देखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना हुनेछ ।
म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन ईभी म्याक्स खरिद गरेर भरपूर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।