०६ साउन २०८३, बुधबार

३.६ प्रतिशतमा झर्‍यो अस्ट्रेलियाको मुद्रास्फीति दर

बैशाख १२, २०८१
काठमाडौं
३.६ प्रतिशतमा झर्‍यो अस्ट्रेलियाको मुद्रास्फीति दर

क्यानबेरा–अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।

 तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) १ प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा ३.६ प्रतिशतले बढेको तथ्याङ्ले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सीपीआईमा चार दशमलव १ प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ । 

एबीएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा महत्त्त्वपूर्ण चालकका रूपमा पहिचान गरेको छ ।

मार्चको अन्त्यमा आवासको मूल्य २०२४ को प्रारम्भको तुलनामा ०.७ प्रतिशत र १२ महिनाअघिको तुलनामा ४.९ प्रतिशतले बढी थियो । 

एबीएसका मूल्य तथ्याङ्क प्रमुख मिचेल मार्कवार्टले आवासमा त्रैमासिक वृद्धि मुख्यतया भाडाद्वारा सञ्चालित भएको बताए । ‘राजधानीका शहरहरूमा कम रिक्ति दरहरूको आधारमा त्रैमासिकमा भाडाको मूल्य दुई दशमलव एक प्रतिशतले बढेको छ । हरेक १५ वर्षमा सबैभन्दा तीव्र दरमा भाडा बढ्दै गएको छ,’ उनले भने ।

तीन महिनाको अवधिमा शिक्षा खर्च ५.९ प्रतिशत र स्वास्थ्य खर्च २.८ प्रतिशतले बढेको छ । यसै अवधिमा मासु र समुद्री खानाको मूल्य ०.७ प्रतिशतले घटेको छ । यद्यपि गैर–मादक  पदार्थ, फलफूल तथा तरकारीको मूल्य भने बढेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्