०९ साउन २०८३, शनिबार

सुहाङलाई भोट माग्न चुलाचुली पुगे ओली

बैशाख १२, २०८१
काठमाडौं
सुहाङलाई भोट माग्न चुलाचुली पुगे ओली

सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बृहत् चुनावी सभालाई सम्बोधन गर्न बुधबार इलामको चुलाचुली पुगेका छन् ।

उनी करिब दुई घण्टाअघि त्यसतर्फ प्रस्थान गरेका थिए । ‘इलामको चुनावी सभामा जाने क्रममा चन्द्रगढी एयरपोर्ट झापामा,’ ओलीले सामाजिक सञ्जालमा लेखेका थिए ।

null 

चुलाचुलीको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार रहेको सुहाङ नेम्वाङलाई भोट माग्नेछन् । 

null

यही वैशाख १५ मा इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा एमालेका सुहाङ र नेपाली कांग्रेसका डम्बर खड्काबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

इलाम–२ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुहाङ सुवासकै छोरा हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्