
काठमाडौं, २९ असोज — रोमानियाको एक सानो गाउँमा जिउँदो पत्थर भेटिएको छ । पत्थर पनि जीवित हुन्छ भनी धेरैलाई विश्वास लाग्दैन तर मानिसले त्यही नाम दिएका छन् ।

खासमा यी पत्थरहरूले आकार परिवर्तन गरिरहन्छन् । त्यसो त ढुंगाको आकार परिवर्तन हुन सयौं वर्ष लाग्छ तर रोमानियाका यी ढुंगा चाहिँ धेरै छिटो आकार परिवर्तन गर्छन् ।

संसारभरिका भूगर्भविद्हरू यी पत्थरमा अनुुसन्धान गरिरहेका छन् तर यस्तो कसरी हुन्छ भनी उनीहरूले पत्ता लगाउन सकेका छैनन् ।
त्यस क्षेत्रमा मानिसहरूले पानीको सम्पर्कमा आउँदा पत्थरहरूको आकार परिवर्तन हुने गरेको बताउँछन् ।

वैज्ञानिकहरूको अनुमान अनुसार, यी पत्थरमा भएका मिनरल नूनको भारी मात्रा हुनुपर्छ । बर्खामा पानी पर्दा यसको आकार त्यसैकारण फैलिएको हुनुपर्छ । तर यसलाई प्रमाणित भने गरिएको छैन ।
एजेन्सी