
काठमाडौं, २९ असोज — अमेरिकामा फेरि गोलीकाण्ड मच्चिएको छ । भर्जिनिया स्टेट विश्वविद्यालय क्याम्पसमा स्थानीय समयअनुसार शनिवार राति गोली प्रहार हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

गोलीकाण्डपछि क्याम्पसलाई पूरै बन्द गरिएको छ । घाइते व्यक्तिलाई मेडिकल सेन्टरमा भर्ना गरिएको छ ।
विश्वविद्यालय प्रहरीले शनिवार राति ट्वीट गरेर लेख्यो, ‘क्याम्पसमा गोलीकाण्ड, भीएसयू लकडाउन, यस क्षेत्रतिर नआउनुहोला । अपडेटहरू फलो गर्नुहोला ।’
डब्ल्यूटीभीआर–टीभीका अनुसार, सेतो जर्सी लगाएका एक काला व्यक्तिलाई सम्भावित आक्रमणकारीका रूपमा पहिचान गरिएको छ ।
शनिवार राति क्याम्पसमा हिपहप कन्सर्ट आयोजना गर्ने योजना बनेको बताइएको छ ।
एजेन्सी