३१ जेठ २०८३, आइतबार

पार्टीभित्रको गुटउपगुट हटे काँग्रेस पहिलो पार्टी बन्छ: ढुंगेल

कात्तिक २०, २०७४
पार्टीभित्रको गुटउपगुट हटे काँग्रेस पहिलो पार्टी बन्छ: ढुंगेल

 


नगरकोट, २९ असोज (रासस) ः नेपाली काँग्रेस भक्तपुरका नेता रामेश्वर ढुंगेलले पार्टीभित्र देखिएका गुट उपगुट र मनमुटावलाई त्यागेर पार्टीको हितमा सबै अघि बढ्ने हो भने निर्वाचनमा काँग्रेस पहिलो बन्ने बताउनुभएको छ । 

काँग्रेस भक्तपुर नगरसमिति– १ ले आज तिहार, नेपाल संवत् तथा छठका उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा निवर्तमान सांसद ढुंगेलले नेता, कार्यकता र काँग्रेस शुभचिन्तकको साथ सहयोग लिई काँग्रेस जिताउ अभियानमा एकमन भएर अघि बढ्न सबैमा आग्रह गर्नुभयो । 

वडा सभापति पवन भुजुको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टीका रुपमा विजयी गराउने अभियानमा एक जुट भएर लाग्न जिल्लास्थित नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्