०३ साउन २०८३, आइतबार

अन्ततः कांग्रेसमा विलय हुने भयो गच्छदारको फोरम, बालुवाटारमा घोषणा सभा

कात्तिक २०, २०७४
अन्ततः कांग्रेसमा विलय हुने भयो गच्छदारको फोरम, बालुवाटारमा घोषणा सभा

काठमाडौं, २९ असोज– बिजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल पार्टी नेपाली कांग्रेसमा विलय हुने भएको छ । स्रोतका अनुसार आज (आइतबार) साँझ ५ः३० बजे कांग्रेस र गच्छदारको फोरमबीच एकता हुन लागेको हो ।

साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र लोकतान्त्रिक फोरम एक भएको घोषणा गरिन लागिएको छ ।

यसअघि पनि लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरण हुने चर्चा चलेको थियो । तर पदको भागवण्डा नमिल्दा एकता कार्यक्रम सर्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्