०५ साउन २०८३, मंगलबार
इलाम २ उपनिर्वाचन

आधाभन्दा बढी मत गन्दा रास्वपाले बल्ल कटायो २ हजार मत, स्वतन्त्र र अन्य दलको कति ?

बैशाख १७, २०८१
काठमाडौं
आधाभन्दा बढी मत गन्दा रास्वपाले बल्ल कटायो २ हजार मत, स्वतन्त्र र अन्य दलको कति ?

इलाम २ मा खसेको मतको आधा बढी गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले बल्ल २ हजार मत कटाएका छन् ।

३५ हजारभन्दा बढी मतगणना हुँदा एमालेका सुहाङ नेम्वाङ १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले बल्ल २ हजार ७५ मत ल्याएका हुन् ।

एमालेसँग ५३०२ मतले पछि परेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ९३११ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रका डकेन्द्रसिंह लिम्बूले ८५७० मत ल्याएका छन् । 

मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले ३०२, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले २९४, नेपाली जनता दलका रेशमबहादुर सुनारले ९१, राप्रपाका लक्ष्मी गुरुङले ७९, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ७२ मत ल्याएका छन् । 

स्वतन्त्रका अर्जुनबहादुर शाहीले ३५, जयवन्तविक्रम शाहले २४, दीपेश बोहोराले १८, नेमकिपाका श्यामबहादुर दर्जीले १५, राप्रपा नेपालका गणेशबहादुर चौहानले १५, स्वतन्त्रका राज वश्यालले ६, योगेन्द्र गुरुङले ४, मनोज निरौलाले ३ र डाकप्रसाद गौतमले २ मत प्राप्त गरेका छन् ।

यो ३५ हजार ६११ सदर मतको परिणाम हो ।

इलाममा ६९ हजार २८७ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्