२३ जेठ २०८३, शनिबार

प्रचण्डलाई स्वागत गर्न बसेकी छात्राको मृत्युको प्रकरण : छानबिनको माग गर्दै प्रदर्शन

कात्तिक २०, २०७४
प्रचण्डलाई स्वागत गर्न बसेकी छात्राको मृत्युको प्रकरण : छानबिनको माग गर्दै प्रदर्शन

काठमाडौँ, २४ मङ्सिर - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले आज प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरिन् ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए । बिहीबार प्रधानमन्त्रीको सुर्खेतमा स्वागत गर्न गएका बेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा ९ की आचार्यको निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्