०९ साउन २०८३, शनिबार

लगानी सम्मेलनबाट अपेक्षाकृत फाइदा हुँदैन : शेखर कोइराला

बैशाख १७, २०८१
झापा
लगानी सम्मेलनबाट अपेक्षाकृत फाइदा हुँदैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताएका छन् ।

राजनीतिक स्थायित्वविना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम नआउने उनले बताए ।

'कुनै पनि देशले लगानी गर्नुपूर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानून कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ', कोइरालाले भने, 'ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रिन्छ।'

झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित 'वीपी स्मृति भवन' उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । राजनीतिक स्थायित्वविना आर्थिक विकास नहुने पनि उनले बताए ।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए ।

उनले संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्