२९ जेठ २०८३, शुक्रबार

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका १ जनाको मृत्यु

बैशाख १८, २०८१
काठमाडौं
गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका १ जनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका १ जनाको मृत्यु भएको छ ।

आगलागी निभाउने क्रममा घाइते भएका २ जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

आगो निभाउने क्रममा घाइते भएका शङ्कर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो ।

घाइतेमध्ये शङ्कर पहरीको मृत्यु भएको उनले बताए ।

ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा तीन/चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ ।

आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ ।

९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्