१२ साउन २०८३, मंगलबार

सप्तरीको चिम्टीमा आगलागी : १ सय ५० भन्दा बढी घर जलेर नष्ट

बैशाख १८, २०८१
सप्तरी
सप्तरीको चिम्टीमा आगलागी : १ सय ५० भन्दा बढी घर जलेर नष्ट

सप्तरीको महादेवा गाउँपालिकामा आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ।

गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट शुरू भएको आगलागीले गाउँ नै जलेको हो ।

यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताए ।

आगो निभाउने प्रयास भइरहेको छ ।

यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको वारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन्  । 

आगलागी अहिले पनि भइरहेकोले  थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 

उक्त आगलागीमा करिब ६०/७० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्