१२ साउन २०८३, मंगलबार

अफगानिस्तानको एक मस्जिदमा बन्दुकधारीको आक्रमणः ६ जनाको मृत्यु

बैशाख १९, २०८१
काठमाडौं
अफगानिस्तानको एक मस्जिदमा बन्दुकधारीको आक्रमणः ६ जनाको मृत्यु

काबुल–पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । 

गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए । ‘६ नागरिक सहिद भए र एक जना घाइते भएका छन्,’ मङ्गलबार बिहान उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

सरकारी बख्तर समाचार एजेन्सीले आक्रमणमा मर्नेहरूको सङ्ख्या त्यति नै भएको उल्लेख गरेको छ । घटना प्रान्तीय राजधानी हेरात शहरको दक्षिणमा रहेको एक जिल्लामा भएको थियो । 

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी नगरे पनि विश्लेषकहरूले इस्लामिक स्टेटको क्षेत्रीय अध्याय अफगानिस्तानमा सबैभन्दा ठूलो सुरक्षा खतरा रहेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्