२९ जेठ २०८३, शुक्रबार

बायर्न र रियलले बराबरी खेले, अर्को लेग निर्णायक

बैशाख १९, २०८१
काठमाडौं
बायर्न र रियलले बराबरी खेले, अर्को लेग निर्णायक

युरोपियन च्याम्पियन्स लिग फूटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल म्याड्रिडले बराबरी खेलेका हुन् ।

मंगलबार राति एलियाज एरिनामा भएको खेलमा बायर्न र रियलले २–२ गोलको बराबरी खेलेका छन् ।

खेलको २४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै सर्वाधिक १४ पटकको विजेता रियललाई अग्रता दिलाएका थिए । तर ५३ औं मिनेट लिरोय सानेले गोल गर्दै घरेलु टोली बायर्नलाई खेलमा फर्काए । 

यस्तै लगत्तै खेलको ५७ औं मिनेटमा बायर्नले पेनाल्टी पायो । ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

तर खेलको ८३ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै भिनिसियलले नै गोल गरेर खेल २–२ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो । 

अब बायर्न र रियल बीचको दोस्रो लेग मे ९ तारिखमा हुनेछ । रियलको मैदानमा हुने यो खेल निर्णायक हुनेछ । जसले जित्यो उही फाइनलमा पुग्नेछ ।

च्याम्पियन्स लिग अन्तर्गत आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमुन्डबीच खेल हुनेछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्