२५ असार २०८३, बिहीबार

तेल अबिबमा गर्मीले तोड्यो ८५ वर्षे कीर्तिमान

बैशाख १९, २०८१
काठमाडौं
तेल अबिबमा गर्मीले तोड्यो ८५ वर्षे कीर्तिमान

तेल अबिब– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आईएमएस)ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षयता बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ । 

आईएमएसले  बिहीबार दिउँसो ४० दशमलव सात डिग्री सेल्सियस मापन गरेको छ । यो सन् १९३९ मा मापन गरिएको ४० दशमलव चार डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । यभने र नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आईएमएसले बताएको छ । 

मौसमका बावजुद इजराइलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरषामा प्रवेश गरिसकेको बताएको छ । प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजराइली तटका सबै समुद्री तटमा पनि मानिसहरूको खचाखच थियो । 

यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्