०६ असार २०८३, शनिबार

मजदुरलाई सम्मानजनक रूपमा नहेर्ने प्रवृत्ति बदल्न जरुरी : सभामुख

बैशाख १९, २०८१
काठमाडौं
मजदुरलाई सम्मानजनक रूपमा नहेर्ने प्रवृत्ति बदल्न जरुरी : सभामुख

 सभामुख देवराज घिमिरले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
      
सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिकलाई शुभकामना व्यक्त गर्दै श्रमिक दिवसले समस्त मजदुर वर्गमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको कामना गरेका छन् ।
      
“नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा नहेर्ने प्रवृत्ति विद्यमान रहेको छ, जसको श्रमबाट निर्भर रहने उनीहरूलाई नै हेयको दृष्टिबाट हेर्ने नेपाली समाजको प्रवृत्ति बदल्न जरुरी छ”, शुभकामना सन्देशमा भनिएको छ, “संविधानको व्यवस्था बमोजिम श्रमिकको हक, हित तथा सुविधाको प्रबन्ध गर्न, असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।”
      
सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्