२३ असार २०८३, मंगलबार

सूर्यविनायकमा लागेको आगो ४ दिनपछि नियन्त्रणमा

बैशाख १९, २०८१
काठमाडौं
सूर्यविनायकमा लागेको आगो ४ दिनपछि नियन्त्रणमा

भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो ।

चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौं र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताए ।

उनले भने– 'आज बिहानसम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ।' आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले सङ्कलन शुरू गरेको प्रजिअ श्रेष्ठले जानकारी दिए । 

सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले सूर्यविनायक जङ्गलमा लागेको आगोका कारण जङ्गली जनावर मरेको बताए । धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको उनले बताए ।

आगो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्