०७ असार २०८३, आइतबार

योजना आयोगका उपाध्यक्ष र भुटानका पूधानमन्त्रीबीच भेटवार्ता

बैशाख १९, २०८१
काठमाडौं
योजना आयोगका उपाध्यक्ष र भुटानका पूधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु पुगेका आयोगका उपाध्यक्ष श्रेष्ठले बुधवार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ता दुई देशबीचको सम्बन्ध, पर्यटन, उर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवहरूको आदान–प्रदान गर्दै नेपाल र भुटानबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तोग्बेले नेपालको सोह्रौं योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने जिज्ञासा पनि राखेका थिए ।

कमेन्ट गर्नुहोस्