२३ असार २०८३, मंगलबार

वैशाख २५ गतेदेखि बजेट अधिवेशन बोलाउने सरकारको तयारी

बैशाख १९, २०८१
काठमाडौं
वैशाख २५ गतेदेखि बजेट अधिवेशन बोलाउने सरकारको तयारी

सरकारले वैशाख २५ गतेदेखि संघीय संसद्‌को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वैशाख २५ या २६ गतेदेखि अधिवेशन बोलाउने तयारी रहेको जानकारी दिए ।

‘वैशाख २५ या २६ गते अधिवेशन बोलाउने तयारी छ’, मन्त्री गिरीले बुधवार सञ्चारकर्मीसँगको कुराकानीमा भने । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद्‌को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

भोलि बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिश गर्ने सरकारको तयारी गरेको छ ।

जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि संसद्‌मा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने बजेट अधिवेशनको कार्यसूची रहन्छ । संसद्‌मा प्रिबजेट छलफल भने सम्पन्न भइसकेको छ ।

सरकारले बजेट अधिवेशनको तयारी गर्दैगर्दा कांग्रेसले सहकारीको मुद्दा संसद्‌मा चर्काउने तयारी गरेको छ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको छ ।

कांग्रेसले संसद्‌मा विरोध चर्काएपछि सरकारले वैशाख २ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्