
३२ वर्षीया श्रीमती अनिसा परियारको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङ्गाका सन्तोष परियार छन् ।
उनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्दै परियार आफै प्रहरी वृत्त बौद्धमा पुगेका थिए ।
त्यसपछि प्रहरीले उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।