२३ असार २०८३, मंगलबार

सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु

बैशाख २०, २०८१
काठमाडौं
सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु
सलमान खान ।

बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।  बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । उनी पञ्जाबका बासिन्दा हुन् । 

बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले लकअप नजिकै रहेको शौचालयमा पाना लिएर आत्महत्या गर्ने प्रयास गरेका थिए ।

खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार आरोपीले आत्महत्याजस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सलमानको घरबाहिर भ‍एको गोलीकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई व्यक्तिमाथि सलमान खानको बान्द्रास्थित घरमा आक्रमण गर्ने अभियुक्तलाई दुईवटा पेस्तोल उपलब्ध गराएको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्