०३ साउन २०८३, आइतबार

एमाले बर्दियाको अध्यक्षमा विष्णु पौडेलनिकट अधिकारीको प्यानल नै विजयी

बैशाख २०, २०८१
बुटवल
एमाले बर्दियाको अध्यक्षमा विष्णु पौडेलनिकट अधिकारीको प्यानल नै विजयी

नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानल विजयी भएको हो ।

अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लिला गिरी तथा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल (आरके)को पनि साथ थियो । श्रेष्ठलाई महासचिव शंकर पोखरेलले साथ दिएका थिए । अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत मात्र ल्याउन सके । त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए । सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याउन सके । उपसचिवमा लहनु थारू १७८ मतका साथ विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउन सके । त्यस्तै अर्को उपसचिवमा संगीता थारू १८८ मतका साथ विजयी भइन् । थारूका प्रतिस्पर्धी मन्जु शर्माले १५० मत मात्र ल्याइन् । 

यद्यपि निर्वाचन समितिले परिणाम घोषणा भने गरिसकेको छैन । नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भए पनि बुधबार रातभर लगाएर मतदान भएको थियो । बिहान ६ बजे मात्र मतदान सकिएको थियो ।

नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए ।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री, उपसचिव लहनु थारू, मन्जु शर्माले उम्मेदवारी दिएकोमा एकजना उपसचिव लहनु थारू मात्रै विजयी भए । 

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य डा. हरिप्रसाद भण्डारीका अनुसार अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६१ जनाले मतदान गरेका थिए । 

अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने पोलिटब्यूरो सदस्य तथा बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्