
वेस्ट इण्डिज एविरुद्ध प्रतिश जिसीले दोस्रो ओभरमै नेपाललाई पहिलो विकेट दिलाएका छन् । बिहीबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले फिल्डिङमा उत्रिएको नेपाललाई जिसीले दोस्रो ओभरको पहिलो बलमा ओपनर अलिक अथानेजलाई क्याचआउट गराएका हुन् ।
सात बलमा ५ रन बनाएका अलिकलाई जिसीले सन्दीप जोराबाट क्याचआउट गराएका हुन् ।
नेपाललले आज यो खेल जितेमात्रै ५ खेलको श्रृंखलामा २–२ बराबरी हुनेछ । पराजित भए एक खेलअगाडि नै नेपालले सिरिज गुमाउनेछ ।