०७ असार २०८३, आइतबार

कांग्रेस र लोकतान्त्रिक फोरमबीच किन हुन सकेन एकता ?

कात्तिक २०, २०७४
कांग्रेस र लोकतान्त्रिक फोरमबीच किन हुन सकेन एकता ?

काठमाडौं, ३० असोज- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता आजको लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि सरेको खबर अन्नपूर्णले छापेको छ ।bijaya sher_1
आज हुने भनिएको एकता असम्भव भएपछि लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गर्नेछन्। लोकतान्त्रिक फोरमका उपाध्यक्ष हरि न्यौपानेले पार्टी एकीकरण कार्य सोमबार हुने जानकारी दिए।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले नेपाल लोकतान्त्रिक फोरमसंग आइतबार हुने भनिएको पार्टी एकता प्रािवधिक कारणले सोमबार बिहान ११ बजेका लागि सरेको बताए। परियारले आइतबार एकता हुन नसक्नुको दोष प्राविधिक कारण बताए पनि कस्तो प्राविधिक कारण हो भन्ने खुलाएनन्।

कमेन्ट गर्नुहोस्