०५ असार २०८३, शुक्रबार

काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द

बैशाख २१, २०८१
ललितपुर
काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द
फाइल तस्वीर

कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए ।

'काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याबिन वाल पूर्ण रूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याबिन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन । अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ,' उनले भने ।

मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिन बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्