३२ असार २०८३, बिहीबार

किर्गिजस्तानमा मिनी ट्रक दुर्घटनाः ३१ बालबालिका घाइते

बैशाख २१, २०८१
काठमाडौं
किर्गिजस्तानमा मिनी ट्रक दुर्घटनाः ३१ बालबालिका घाइते

बिस्केक– दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामिला निर्देशनालयले जनाएको छ ।

जलाल अबाद क्षेत्रको सुजाक जिल्लामा मानस नामको एक कार्यक्रममा सहभागी बालबालिकाहरु घाइते भएका थिए । 

बालबच्चाका लागि आइसक्रिम बोकेको मिनीट्रक चालकको असावधानीका कारण सडकबाट एकाएक विद्यार्थीको भिडमा खसेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनामा ९–१६ वर्षका ३१ बालबालिका घाइते भएका थिए जसमध्ये चारको अवस्था गम्भीर रहेको छ । ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्