२३ असार २०८३, मंगलबार

कतारमा १३ सय नेपालीले रोजगारी गुमाए

कात्तिक २०, २०७४
कतारमा १३ सय नेपालीले  रोजगारी गुमाए
काठमाडौँ, ३० असोज- कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।qatar

कम्पनी धराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् ।

युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन् ।

कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र भिसा नवीकरण गरेको छैन ।

पीडितहरुले तलवसहित स्वदेश पठाईदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्