
कैलालीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका ५ अण्डैया लालीगुराँस टोल बस्ने ४१ वर्षीया लक्ष्मी सिजापती छिन् ।
उनको शनिवार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शिव शक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा उनलाई माटोको ढिस्कोले पुरेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।