०५ साउन २०८३, मंगलबार

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख २४, २०८१
काठमाडौं
तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । 

आइतवार छापावाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।

आइतवार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।

चाँदी मूल्य तोलामा रु एक हजार छ सय ६० निर्धारण भएको छ ।

आइतवार चाँदी तोलामा १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्