०४ असार २०८३, बिहीबार

एकीकृत जाँच चौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

बैशाख २४, २०८१
नेपालगञ्ज
एकीकृत जाँच चौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन् ।

नेपालगञ्ज नाकास्थित एकीकृत भन्सार जाँच चौकीको आज शुभारम्भ गर्दै उनले औपचारिक रूपमा सञ्चालनमा आएपश्चात दुई देशबीचको व्यापारमा सहजीकरण हुने बताएका हुन् ।

जाँच चौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजश्वमा वृद्धि हुने मन्त्री भण्डारीको भनाइ थियो ।

'एकीकृत जाँच चौकीको प्रयोगले व्यापारमा हुने सन्तुलनलाई पनि नियन्त्रण गर्ने छ', उनले भने, 'सबैभन्दा प्रमुख कुरा गैर कानूनी रूपबाट हुने चोरी पैठारी पूर्ण रूपमा नियन्त्रणमा आउने छ ।'

नेपाल–भारत जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

मन्त्री भण्डारीद्वारा उक्त जाँच चौकीको शुभारम्भ गरेपश्चात औपचारिक रूपमा सञ्चालनमा आएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

करिब रु दुई अर्ब ७५ करोडको लागतमा निर्माण भएको उक्त एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको १८ वर्षपछि एकीकृत जाँच चौकी औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

एकीकृत जाँच चौकी नेपाल र भारत दुवैतर्फ निर्माण भएको छ ।

नेपालतर्फ जग्गा नेपाल सरकारले छुट्याए पनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्