जेठ १, २०८१
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
काठमाडाैं | बैशाख २४, २०८१
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले देशमा कुनै खालको आर्थिक मन्दी नरहेको बताएका छन् ।
आठौँ वार्षिकोत्सवका अवसरमा लोकान्तरले आयोजना गरेको आर्थिक बहसका क्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले देशमा मन्दी नरहेको बताएका हुन् ।
'अर्थतन्त्रका सूचकहरूले हामी अप्ठेरोमा नरहेको देखाउँछन्,' उनले भने, 'हाम्रो चालू खाता बचतमा छ । विदेशी मुद्रा सञ्चिती झन्डै १४ महिना धान्ने छ । बाह्य क्षेत्र पनि कम्फर्ट छ ।'
उनले भुइँचालो, कोभिड जस्तो अवस्थामा पनि बैंकिङ्ग क्षेत्रमा धेरै समस्या नआएको बताए । 'त्यस्तो अप्ठेरो अवस्थालाई पनि बैंकिङ्ग क्षेत्रले धान्दै आएको छ,' उनले भने, 'अहिले रिकभरीमा समस्या हुँदा पनि वित्तीय संस्थाहरूको स्वस्थतामा कुनै समस्या छैन ।'
उनले नेपालको अर्थतन्त्रको आधारशिला एकदम राम्रो रहेको बताए । 'अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन,' उनले भने, 'हुनसक्छ कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको हुनसक्छ । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँ आएका हौँ ।'
उनले अहिलेको अवस्थामा माग घटेको अवस्था रहेको बताए । 'अवस्था के हो भने अहिले डिमाण्ड घटेको अवस्था हो,' उनले भने, 'अहिले कोभिड भन्दा अगाडिको जति आयात छ, त्यति नै छ । डिमाण्ड घटेको हो भने आयात पनि घट्नुपर्ने, त्यो पनि देखिन्न ।'
उनले निर्माणसँग सम्बन्धित उद्योगलाई भने केही समस्या परेको बताए ।
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...