३० जेठ २०८३, शनिबार
इकोनोमिक डिबेट

आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखीमा रुपान्तरण गर्न खोज्दैछौं – अर्थमन्त्री पुन

बैशाख २४, २०८१
काठमाडौं
आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखीमा रुपान्तरण गर्न खोज्दैछौं – अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकारले प्रयास गरिरहेको बताएका छन् । 

आठौँ वार्षिकोत्सवको अवसरमा लोकान्तरले आयोजना गरेको आर्थिक बहसका क्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  

'हामीले आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने कोशिश गरिरहेका छौं । रोजगारी सिर्जना गर्ने र आन्तरिक आर्थिक क्षेत्रलाई मजबुत बनाउने कुरा गरिरहेका छौं,' उनले भने । 

उनले समग्र अर्थतन्त्रमा शिथिलता देखिएको तर गतवर्ष भन्दा अहिलेको आर्थिक वृद्धिदर बढी रहेको बताए । 

'गतवर्ष १.९ प्रतिशतको मात्र आर्थिक वृद्धिदर थियो । भर्खरै विश्व बैंकले ३.३ प्रतिशतमा वृद्धि हुने भनेको छ,' उनले भने, 'यो शिथिलताको बीचमा पनि केही क्षेत्र आशाजनक छन् ।' 
उनले पर्यटन क्षेत्रमा २१ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरिएको बताए भने जलविद्युतमा यो वर्ष १९ प्रतिशतले वृद्धि हुने देखिएको बताए । 

उनले उत्पादनसँग सम्बन्धित उद्योग र निर्माण क्षेत्रमा पनि समस्या देखिएकाले त्यसको समाधानमा सरकार गम्भीर रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्