०८ साउन २०८३, शुक्रबार
फुटले पायो आधिकारिकता

अशोक राई नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, आयोगले दियो प्रमाणपत्र

बैशाख २४, २०८१
काठमाडौं
अशोक राई नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, आयोगले दियो प्रमाणपत्र

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले दल दर्ता नम्बर १९८ राखेर सोमबार प्रमाणपत्र दिएको छ । 

आयोगले राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ लाई दल दर्ताको प्रमाणपत्र उपलब्ध गराएको सचिव रविलाल पन्थले हस्ताक्षर गरेको प्रमाणपत्रमा उल्लेख छ । 

उक्त दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दर्ता गरेर प्रमाणपत्र दिइएको पन्थको भनाइ छ । 

पार्टीको केन्द्रीय कार्यालयको ठेगाना काठमाडौँ राखेर प्रमाणपत्र जारी गरिएको छ।  

आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग विद्रोह गर्दै राईको नेतृत्वमा ७ सांसदले दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्