०७ असार २०८३, आइतबार

करेन्ट लागेर एकको ज्यान गयो

कात्तिक २०, २०७४
करेन्ट लागेर एकको ज्यान गयो

 


दाङ, ३० असोज (रासस) - करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ । 

शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो । 

करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । योसँगै दाङमा छ महिनाको अवधिमा करेन्ट लागेर सातजनाले ज्यान गुमाएका छन् । 

गएको वैशाखदेखि असोज २९ गतेसम्म सातजनाको ज्यान गएको जिप्रकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्