२९ जेठ २०८३, शुक्रबार

दक्षिणी युक्रेनमा रुसको गोलाबारी, २ युक्रेनी नागरिकको मृत्यु

बैशाख २७, २०८१
काठमाडौं
दक्षिणी युक्रेनमा रुसको गोलाबारी, २ युक्रेनी नागरिकको मृत्यु

किभ–युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ । बिहीबार राति रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये अधिकांश नष्ट गरेको बताएको छ ।

सन् २०२२ को अन्त्यदेखि फ्रन्टलाइनमा परिणत भएको डेनिप्रो नदी पार गरेर तैनाथ रूसी सेनाबाट निकोपोल नियमित रूपमा आक्रमणको शिकार भएको थियो ।  

रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट ६२ वर्षीय पुरुष र ६५ वर्षीया महिलाको ज्यान लिएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताउ ।  

उनले आगो लागेको घर र धेरै क्षतिग्रस्त भवनहरूको फोटो प्रकाशित गरेका छन् । 

बिहीबार राति नै रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये युक्रेनको वायु रक्षा बलले दक्षिणी ओडेसा क्षेत्रमा १७ वटा नष्ट गरेको थियो । 

एउटा ड्रोनले दक्षिणी माइकोलाइभ क्षेत्रको दुई तले भवनलाई क्षतिग्रस्त बनाएको आपतकालीन सेवाले टेलिग्राममा लेखेको छ, तर त्यहाँ कुनै हताहत भएको रेकर्ड गरिएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्