०७ असार २०८३, आइतबार

बजेट अधिवेशनअघि कांग्रेस संसदीय दलको बैठक बस्दै

बैशाख २८, २०८१
काठमाडौं
बजेट अधिवेशनअघि कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ । संसद्को बर्खे अधिवेशन आजैदेखि शुरु हुँदै छ । 

कांग्रेसले अघिल्लो अधिवेशनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गरेको थियो ।

कमेन्ट गर्नुहोस्